एक प्रहरीलाई लागेको लोकतन्त्र? (भिडियाे सहित )

तस्बिरः बिएल
शनिबार साँझ बुध्दनगर तिरबाट आएरहेको एउटा मोटरसाइकल शखमूल चौक नपुग्दै लड्यो । चालकले बाइक उठाउन नसकेपछि केही युवाहरु गएर सहयोग गर्दा थाहा भयो उनी टन्न पिएर आएका रहेछन्।
 
जसोतसो बाइक उठाएर उनले स्टार्ट गरे। हात काँपि रहेका थिए। सर्ट र पाइन्टमा हिलो लागेको थियो। सकिनसकी उनले अगाडी बढाए मोटरसाइकल। रमिता हेर्नेको संख्या बढ्दै थियो। नेपाल पुलिस लेखिएको सरकारी नम्बरप्लेटको मोटरसाइकल थियो।
 
चालकले नागबेली ढंगले शंखमुल चौक त पारगरे अलि पर पुगेपछि पुनः पल्टाए। रक्सिले भुँइमा टेक्न नसक्ने भएका ति चालकलाई स्थानीयले वरिपरिबाट धेरेर मोटरसाइकलको चाबी थुते ।
 
यति नगरेको भए उनले बाटोमा कति जनालाई हिर्काउथे सोच्नै नसकिने घटना थियो त्यो । एकैछिनमा पुलिसलाई कसैले खबर गरिदिएछ र आइपुग्यो पुलिसको भ्यान। एउटा पुलिस दिउँसै फिटान परेर सरकारी मोटरसाइकल लडाउँदै निस्किन्छ बाटोमा। अरुले रमिते बन्नु पर्छ।
 
कतै यही नै हो कि लोकतन्त्रको अर्थ।
 
याे पनि हेर्नुहाेस।

 
 
 
प्रकाशित मिति: : 2019-09-03 18:36:37

प्रतिकृया दिनुहोस्