४४ वर्षे राजकुमार सूचिकार। भदाै १० मा आफ्नाे छाेरीकाे जन्मदिन मनाउँदै थिए। हुनत् छाेरीकाे जन्मदिन ९ मै पर्थ्याे । तर एक दिनपछि केक काटेका राजकुमार भन्दै थिए–छोरीलाई संसार देख्ने बनाउनु छ, जसरी पनि।
छाेरी कृष्ण मायाँ सूचिकार यहि भदाै ९ मा तीन बर्ष पुरा गरेर ४ मा लागिन्। जन्मिदा स्वस्थ थिइन। १७–१८ महिना पुगेपछि सामान्य समस्या देखिन थाल्यो। चितवन जिल्ला राप्ति गाउँपालिका–१ पिप्लेका राजकूमारकी एक मात्र सन्तान हुन्, कृष्ण मायाँ।
गत माघकाे कुरा हाे, माइत जान्छु भन्दै छोरी लिएर हिँडेकी श्रीमती अर्कैसँग विहे गरेर हिडिन् । फागुनको कुरा हो, राजकूमारले नराम्रो सपना देखे। छोरी भेट्ने चाहना बढ्यो। छोरीको खोजीमा निस्किएका उनले जुन अवस्थामा फेला पारे–उनी भक्कानिए।श्रीमतिले लैजाँदा छाेरीकाे ताैल लगभग १२ केजी थियाे। तर, उनले भेट्दा ताैल स्वात्तै घटेर ४ किलाेमा झरेकाे थियाे। जिउभरी खटिरै खटिरा। फाेहाेर उस्तै।
याे पनि हेर्नुहाेस।
श्रीमती फर्किन मानिनन्।छोरी बोकेर राजकूमार चितवन फर्किए। केही समय छोरीको उपचारमा जुटे । विपन्न परिवार¸ आर्थिक अवस्था कमजोर¸ नारायणगढमा ठेला चलाएर हातमुख जोर्नु पर्ने अवस्था।
राजकूमारले जब छोरीलाई अस्पताल लगे त्यति बेलासम्म छोरी पूर्ण रुपमा दृष्टि विहिन भइसकेकी थिइन्। उनी बोल्न र उठ्न समेत नसक्ने अवस्थामा पुगिसकेकी थिइन् । चितवनकाे थुप्रै अस्पताल चहारेपछि छोरीको स्वास्थ्यमा पहिले भन्दा निकै सुधार भयाे। तर उनी पूर्णरुपमा दृष्टिविहिन बनिन्। छोरीको मायाँले उनलाई उपचार नगरि बस्न मनले मानेन । काठमाण्डौंसम्म आए । कान्ति बाल अस्पतालमा जचाँए । अस्पतालले औषधि दियो र तीन महिना पछि आउन भनेको छ । थप स्याहारको लागि उनी ललितपुर स्थित पोषण पुनर्स्थापना गृहमा छन् । त्यहाँ निश्चित तौल पुगे पछि बस्न पाईदैन।
राजकुमार भक्कानिन्छन्– छोरी स्याहार्ने कुनै संघ संस्था भए त्यहीं भाँडा माझेर भए पनि बस्थे। यो छोरी हेरौं कि ठेला चलाएर मजदुरी गरौं।
कूनै संघ संस्थाले छोरीको संरक्षण गर्छकी भन्ने आशा छ उनलाई। चन्द्रमा जस्ती उज्याली छोरीले पहिले जस्तै बाबा भनेर बोलाएको सुन्ने रहर छ ।
उनी भन्छन्– छोरीलाई संसार देखाउनु छ । छोरी देख्न सक्ने हुन्छिन् भने म मेरै आँखा दिन तयार छु ।
याे पनि हेर्नुहाेस।
बरर्र आँशु झार्दै राजकूमारले पिडा पोखे । आमाले छोडेर गएकी निर्दोष छोरी काखमा लिएर पटक-पटक भक्कानिन्छन् राजकूमार ।
भदाै १० मा पुनर्स्थापना केन्द्रमा विष्णुमायाँको जन्मदिनको केक काट्दै गर्दाको दृश्य वास्तवमै नरमाइलो थियाे । जहाँ दर्जनौं आमाहरु पोषण केन्द्रमा आफ्ना सन्तान लिएर उपस्थित थिए। तर राजकूमार यस्ता अभागी बाबु हुन् जो एक्लो पुरुष थिए त्यो भिडमा ।
छोरीको हात समाएर उनले केक काटे तर उनका आँखाबाट निरन्तर आँशु बगिरहेको थियो । उनि पटक-पटक भन्थे छोरीलाई संसार देखाउने मेरो प्रयास खेर जान्छकी भन्ने डर छ । तर अझै कोशिस जारी छ उनको । हेर्दै जाँऊ कहाँसम्म गर्न सक्छ। मजदुरी गरेरै भएपनि छोरीको उपचार गर्छु राजकूमारले दृढता व्यक्त गरे । अहिले छोरीको स्याहार सुसारमा दिनरात खटिएका छन् उनी।
जसरी पनि उपचार गराउने र त्यो सम्भव नभए छोरीको हेरचाह गरिदिने सामाजिक संघ संस्थाको खोजीमा छन् राजकूमार। भन्छन् मेरो छोरी राख्ने कूनै संस्था पाए आजिवन म त्यही संस्थामा श्रम गर्न तयार छु ।
याे पनि।