नयाँ दिल्लीमा 'नेपाल भ्रमण वर्ष-२०२०' को प्रचारप्रसार

तस्बिर:एजेन्सी

 'नेपाल भ्रमण वर्ष-२०२०' सचिवालय र पाटा नेपाल च्याप्टरले ८ डिसेम्बर २०१९ मा भारतको नयाँ दिल्लीमा नेपाल भ्रमण वर्षको प्रचार प्रसार गरेको छ। प्रचार प्रसार कार्यक्रममा भारतीय उद्योगीहरुको सहभागिता रहेको थियो। होटल पार्कमा आयोजित कार्यक्रममा छ दर्जनबढी उच्च ओहोदाका भारतीय पर्यटकीय क्षेत्रमा कार्यरत ट्राभल एन्ड टुर्स क्षेत्रकाहरुको सहभागिता रहेको थियो ।

त्यसैगरी पाटा नेपाल च्याप्टरले नेपाल टुरिज्म बोर्ड र नेपाल भ्रमण वर्ष २०२० सचिबालयले सन् २०२० को फेबु्रअरी २२ देखि २५ सम्म एनआईएस (नेपाल भारत चाइना एक्स्पो) आयोजना गर्नेबारे समेत कार्यक्रममा उद्घोष गरिएको थियो। एक्स्पोमा छिमेकी देशहरु भारत र चीनका पर्यटकीय संघसंस्थाहरुवीच सम्बन्ध विस्तारमा पहल गरिने जनाइएको छ। एक्स्पोमा पर्यटन क्षेत्रबारे नेपालको पर्यटनको समेत प्रचारप्रसार हुनेछ।

कार्यक्रममा सम्बोधन गर्दै पाटा इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत डा.मारियो हार्डीले पाटा नेपाल च्याप्टरले एनआईएससँगको पहलमा हुन लागेको एक्स्पोको प्रसंशा गरेका छन्। उनले पर्यटन नै विश्वको दिगो आर्थिक विकासको आधार भएको बताए। पाटा भारतका कार्यकारी निर्देशक रुणिप संङघाले यस एक्स्पोलाई भारतीय च्याप्टरले पनि सक्दो सहयोग गर्नु प्रतिवद्धता जनाए। पाटा नेपाल च्याप्टरका महासचिव विभूति चन्द ठाकुरले भारतीय पर्यटक प्रतिनिधि तथा विशिष्ट अतिथिहरुलाई स्वागत गरेका थिए।

पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनील शाक्यले भारतीय पर्यटनहरुलाई कार्यक्रममा स्वागत गर्दै सवैलाई धन्यबाद समेत दिए। सो कार्यक्रममा नेपाल भ्रमण वर्ष र एक्स्पोबारे समेत जानकारी दिइएको थियो। कार्यक्रममा सम्बोधन गर्दै पाटा इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत डा.मारियो हार्डीले पाटा नेपाल च्याप्टरले एनआईएससँगको पहलमा हुन लागेको एक्स्पोको प्रसंशा गरेका छन्। उनले पर्यटन नै विश्वको दिगो आर्थिक विकासको आधार भएको बताए। पाटा भारतका कार्यकारी निर्देशक रुणिप संङघाले यस एक्स्पोलाई भारतीय च्याप्टरले पनि सक्दो सहयोग गर्नु प्रतिवद्धता जनाए।

नेपाल भ्रमण वर्ष सचिबालयका कार्यक्रम प्रवन्धक रोहिणी खनालले सरकारले गरेका कार्यक्रम र पहलको बारेमा प्रस्तुती समेत दिए। उनले नेपाल भ्रमण वर्षलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन लागिएको बताएका थिए। पर्यटन उद्योगमा विस्तारित नेटवर्क र सम्बन्धको माध्यमबाट उपस्थित सबैलाई नेपाल भ्रमण र प्रवर्द्धन गर्न आमन्त्रित गर्दै उहाँले नेपाल भ्रमण वर्षको उद्देश्य, महत्व र प्राथामिकताबारे पनि प्रष्ट पारे।

पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडालले पाटा नेपालले नेपाल भ्रमण वर्ष २०२० गरेको पहलको चर्चा गर्दै एक्स्पोमा फोकस हुन आग्रह गरेका थिए। उनले एक्स्पोको महत्वबारे समेत जानकारी दिएका थिए।

प्रकाशित मिति: : 2019-12-10 07:45:32

प्रतिकृया दिनुहोस्