देउवाको भनाइ तुच्छ: प्रवक्ता श्रेष्ठ

फाइल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय नक्साको विषयमा नेपाली का‌ंग्रेस पार्टीका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तुच्छ स्वार्थका लागि अक्षम्य धारणा व्यक्त गरेको बताएका छन्।

आइतबार समाजिक संजालमा ट्विटरमा उनले कांग्रेस सभापति देउवाले कास्कीमा शनिबार आयोजित चुनावीसभामा भारतले विवादित नक्सा प्रधानमन्त्री ओलीसँग सल्लाह गरेरै छापेको आरोप जति निन्दा र भर्त्सना गरेपनि कम नहुने बताए।

‘भारतले नेपालको सीमा मिचेर बनाएको नक्साका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आरोपित गर्दै पूर्वप्रधानमन्त्री देउवाले बोलेको कुराको जति निन्दा र भत्र्सना गरे पनि कम हुन्छ,’ श्रेष्ठले समाजिक सञ्जाल ट्विटरमा भनेका छन्,‘तात्कालिक तुच्छ स्वार्थ (चुनाव)का लागि राष्ट्रियता जस्तो संवेदनशील विषयमा यसरी जथाभावी बोल्नु घातक र अक्षम्य छ, अझै चेतेनन्।’

लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका नेपाली भूमि आफ्नोमा राखेर भारतले सार्वजनिक गरेको नक्साको विरोध भइरहेका बेला देउवाले भारतले प्रधानमन्त्री ओलीसँगै छलफल गरेर नक्सा छापेको आरोप लगाएका थिए।

 

प्रकाशित मिति: : 2019-11-24 12:21:04

प्रतिकृया दिनुहोस्