छैठौं शिचुवान अन्तर्राष्ट्रिय पर्यटन प्रदर्शनमा सहभागी हुन नेपाल सरकारको प्रतिनिधित्व गर्दै चीन गएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा र चीनको सिनुवान प्रान्तका उपप्रमुखसहित उच्च चिनियाँ अधिकारीसँग भेटवार्ता भएको छ।
दुई पक्षीय भेटवार्तामा नेपाल र चीनको सिचुवान प्रान्तबिच संस्कृति, पर्यटन, प्रविधि आदान प्रदान, युवा दक्ष जनशक्ति उत्पादन, सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्दन आदिको क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ।
राज्यमन्त्री बुढाले नेपाल र सिचुवान प्रान्तबिच वृहत सहकार्य गरेर अगाडि बढ्न सकिने बताएका छन्। प्रान्तका उपप्रमुखले पनि दुई पक्षबिच घनिभूत सम्वन्ध राख्नुपर्ने विचार व्यक्त गरेका थिए।
राज्यमन्त्री बुढासहित लुम्बिनी बिकास कोषका उपाध्यक्ष अबदेश त्रिपाठीलगायतको प्रतिनिधिमण्डल छैठौं शिचुवानका कार्यक्रममा सहभागि हुन बुधबार साँझ चीन प्रस्थान गरेको थियो।
कार्यक्रममा ६५ देशका २ लाख पर्यटन व्यावसायिको सहभागिता हुने बताइएको छ।