मनाङमा फेला पर्‍यो, तिलिचोभन्दा पनि माथि अर्को ताल

५ हजार २ सय मिटर उचाईमा रहेको काजिन सारा ताल। तस्बिरः एजेन्सी

मनाङमा रहेको तिलिचोलाई विश्वको सबैभन्दा उच्च ठाउँमा भएको ताल मानिन्छ। तिलिचो ताल समुन्द्री सतकदेखि ४ हजार ९ सय १९ मिटरको उचाईंमा अवस्थित छ।

तर, नयाँ अध्ययन अनुसार तिलिचोभन्दा पनि उचाईंमा अर्को ताल फेला परेको छ। पर्वतारोहीको एक दलले मनाङमै काजिन सारा ताल फेला पारेका छन्। जसको उचाईं ५ हजार २ सय मिटर मानिएको छ।

यसको आधिकारीक प्रमाण आउन बाँकी छ। तर, स्थानीय मनाङवासीले काजिन सारा ताल तिलिचोभन्दा माथि रहेको दाबी गरेका छन्।

 ‘काजिन सारा तालको उचाईं ५ हजार २ सय मिटरभन्दा पनि माथि छ। तर, यसको आधिकारीक पुष्टी हुन बाँकी छ। यो ताल १५ सय मिटर लामो र ६ मिटर चौडाईंमा फैलिएको छ,’ चामे ग्रामीण नगरपालिका अध्यक्ष लोकेन्द्र घलेले भने।

तालसम्म पुग्न १८ घण्टा लाग्छ। यो ताल हिमालको बरफ पग्लिएर बनेको हो।

प्रकाशित मिति: : 2019-08-18 15:34:35

प्रतिकृया दिनुहोस्