रुपन्देहीको तिलोत्तमामा एक महिलाको हत्या भएको छ। तिलोत्तमा–१० कान्छीबजार निवासी ५५ वषिर्या कमलादेवी परियारको घाँटीमा चक्कु प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ।
प्रहरीकाअनुसार घर नजिकै प्लटिङ गरेको जग्गामा खर काट्दै गरेको अवस्थामा तिलोत्तमा १० कै विकास गुरुङले परियारलाई चक्कु प्रहार गरेका थिए।
घटनापछि भाग्दै गरेको गुरुङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी भीमलाल भट्टराईले जानकारी दिए।