‘अकुपाई टुँडिखेल’: खुलामञ्चमा चल्यो डोजर

तस्बिर: बिएल

टुँडिखेललाई अतिक्रमणबाट जोगाउन भन्दै शुरु गरिएको ‘अकुपाई टुँडिखेल अभियान’अन्तर्गत शनिबार खुलामञ्च सफाइ गरिएको छ।

टुँडिखेल अतिक्रमणबाट जोगाउन शुरु भएको अभियानका अभियान्ताहरु शनिबार डोजर लगाएर सम्याउनुका साथै सरसफाइ समेत गरेका छन्।

खुलामञ्चलाई मानव साङ्लोले घेरेर शुरु गरिए अभियानको छैठौं कार्यक्रमअन्तर्गत शनिबार बिहान खुलामञ्च परिसर सफा गरिएको हो। कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता साथै सामाजिक अभियन्ताहरुको उपस्थिति थियो।

अतिक्रमणका कारण टुँडिखेल नै मासिने अवस्था आएको भन्दै गत कात्तिक २३ गतेदेखि ‘अकुपाई टुँडिखेल अभियान’ सुरु गरिएको थियो। यो अभियान तीन महिनासम्म सञ्चालन गरिने अभियन्ताहरुले बताएका छन्।

टुँडिखेल कुनै समय एसियाकै ठूलो परेड मैदान थियो। तर अहिले टुँडिखेलको सानो हिस्सा मात्रै बाँकी छ। कतिपय हिस्सा सरकारी निकायहरुकै नियन्त्रणमा छ भने केहीमा बसपार्क, अनाधिकृत पसल, पार्किङ स्थल बनेका छन्।

 

 

 

प्रकाशित मिति: : 2019-12-14 12:42:50

प्रतिकृया दिनुहोस्