जिल्लाको बलरा नगरपालिकामा आज बिहान आगलागी हुँदा दुई लाख ५० हजार बराबरको सामान जलेर नष्ट भएको छ।
बिजुली सर्ट भई आगलगी हुँदा बलरा–११ छतौना निवासी किशोर सिंहको घर जलेर नष्ट भएको हो।
आगलगीबाट घरभित्र रहेका अन्नपात, भाँडावर्तन, लत्ताकपडालगायत सबै समान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
स्थानीय र प्रहरीले करीब एक घण्टाको प्रयासमा आगो नियन्त्रणमा लिएपछि छेउछाउका घर जल्नबाट जोगिएको स्थानीयवासी पञ्कज सिंहले जानकारी दिए।(रासस)