भारतबाट अवैधरूपमा नेपाल ल्याउँदै गरेको राँगा प्रहरी नियन्त्रणमा

फाइल तस्बिर

भारतबाट अवैधरूपमा नेपाल ल्याउँदै गरेको राँगा सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी सन्हैठाबाट खटिएको गस्ती टोलीले बुधबार साँझ नेपालतर्फ अवैध तरिकाले ल्याउँदै गरेको पाँच राँगा नियन्त्रणमा लिएको हो ।

अन्दाजी रु २० हजार मूल्य बराबरको सो राँगा नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय माडर सिरहामा बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रकाशित मिति: : 2019-11-07 11:33:15

प्रतिकृया दिनुहोस्