छठ मनाउने क्रममा बिहारमा मात्र ३० जनाको निधन

Agency

छठको बेला भारतको बिहार राज्यमा भएको विभिन्न घटनामा १८ बालबालिकासहित ३० जनाको ज्यान गएको छ।

छठ पुजा गत शनिबार र आइतबार सम्पन्न भइसकेको छ। आइतबार विभिन्न पोखरीबाट बिहान सूर्यलाई अर्घ्य दिएपछि छठ पुजाको कार्य सम्पन्न भएको थियो।

भारतीय समाचार एजेन्सीले जनाएअनुसार समस्तीपुर जिल्लाको बडगाउँमा पर्खाल ढल्न पुग्दा दुई महिलाको घटना स्थलमै निधन भएको थियो। बाँकी चार जना गम्भीर घाइते बनेका थिए।

यस कारण तराईमा मनाइन्छ महान चाड छठ

यस्तै, औरङ्गाबादमा भागदौड हुँदा दुई केटाकेटीले ज्यान गुमाए। समस्तीपुरको खजुरी गाउँमा पनि ३५ वर्षीय एक युवकको पानीमा डुबेर निधन भएको थियो।

बेगुसरायमा पनि तीन केटाकेटीको पोखरीमा डुबेर निधन भयो। यो घटनामा दुई जनालाई सकुशल उद्धार गरिएको थियो।

भागलपुरमा पनि विभिन्न पोखरीबाट ४ जनाको लास बरामद गरिएको थियो। अझै एक जना बेपत्ता रहेको बताइएको छ। छठ पर्वको बेला बैशालीमा ६, पूर्णियामा ७ र खगडिया जिल्लामा ५ जना डुबेर मरेको घटना सार्वजनिक भएका छन्। 

प्रकाशित मिति: : 2019-11-04 08:55:49

प्रतिकृया दिनुहोस्