अश्लील फोटो सार्वजनिक भएपछि एक किशोरीले आत्महत्या गरिन्

भारतको उत्तरी सिमामा रहेको असम राज्यमा एउटा अश्लील तस्बिरका कारण अपमानित महसुस गरेकी १४ वर्षीय एक किशोरीले आत्महत्या गरेकी छिन्।

नुनमाटी इलाकामा बसोबास गर्ने उक्त किशोरीले २४ अक्टुबरमा एउटा डान्स क्लासमा फोटो खिचेकी थिइन। तर, उक्त फोटो सार्वजनिक भएपछि उनले झुन्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ।

शिव सेनाका कारण तातिएकाे भारतकाे राजनीति

पुलिस आयुक्त पल्लव तामुलीका अनुसार किशोरीको मृत्त शरीरबाट सुसाइड नोट पनि बरामद भएको छ। जसमा लेखिएको कुरा उधृत गर्दै तामुलीले भने– ‘उनले डान्स क्लासमा केही साथीसँग फोटो खिचेकी थिइन। शिक्षकलाई यस बारेमा थाहा भयो। उनीहरूले किशोरी र उनको केटा साथीमाथि कडाई गर्ने थाले।’

किशोरीले आफ्नो आत्महत्यामा तीन सहपाठी र दुई शिक्षक जिम्मेवार भएको उल्लेख गरेकी छिन्। प्रहरीका अनुसार तस्बिर हेरेपछि शिक्षकले उनलाई कक्षा कोठाबाट बाहिर पठाएका थिए। प्रहरीले यो मुद्धामा तीन विधार्थी र दुवै शिक्षकलाई पक्राउ गरेको छ।

प्रकाशित मिति: : 2019-11-04 08:37:40

प्रतिकृया दिनुहोस्