एउटा किराको नामाकरण पर्यावरण अभियन्ता ग्रेटा थनबर्गको रुपमा गरिएको छ। यो किराको खोजी १९६५ मा भएको थियो। तर, अहिलेसम्म किराको नामाकरण गर्न सकिएको थिएन।
पर्यावरण संरक्षणमा ग्रेटाको योगदानको कदर गर्दै उनको नामबाट किराको नामाकरण गरिएको हो। किराको नाम नेपोपटोड्स ग्रेटी राखिएको छ।
एन्टोमोलोजिस्ट जर्नलमा प्रकाशित सोधका अनुसार यो किराको न आँखा छ, न पखेटा। किराको लम्बाई १ मिलिमिटर मापन गरिएको छ।
किराको टाउकोमा भएको एन्टिना ‘पिगटेल्स’ जस्तो देखिन्छ। लन्डनस्थित नेचुरल हिस्ट्री म्युजियमका अनुसार ग्रेटा निडर छिन र पर्यावरण संरक्षणको विषयमा निर्भिकताका साथ आफ्नो भनाई राख्छिन्।
म्युजियमका सहायक वैज्ञानिक डा. माइकल डर्बेका अनुसार यो किरा लाखौं जीवको कलेक्शन गर्दा प्रकृतिविद् डा. विलियम ब्लोकले केन्यमा फेला परेका थिए। ‘१९६५ मा भेटिएको किरा १९७८ मा नेचुरल हिस्ट्री म्युजियमलाई प्रदान गरिएको थियो,’ डा. डर्बेले भने।
उनले यसको नाम तय गर्न ५० वर्ष कुर्नु परेको बताए। यसको प्रजातिको नाम ग्रेटासँग जोडिएको छ। किरा टिलिएडी परिवारको भएको र विश्वको सानो किराको समूहमा पर्ने बताइएको छ। ‘मेरो ध्यान त्यति बेला पर्यो, जब मैले किराहरूको कलेक्सनको अध्ययन गर्न थाले’, डर्बेले भने।
म्युजियमका बरिष्ठ क्युरेटर डा. मेक्स बार्कलेका अनुसार किराको नाम राख्नु जरूरी भइसकेको थियो। ‘लामो समयदेखि हामीलाई यसलाई कुनै नाम दिन सकिरहेका थिएनौं। ग्रेटा पर्यावरण संरक्षण अभियानसँग जोडिएको हुनाले उनको नाम नै हामीलाई उपयुक्त लाग्यो,’ उनले भनिन्।