सीमा नाका बन्द हुँदा समस्या

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका दशैँको मुखमा बन्द हुँदा नेपाली नागरिकलाई समस्या भएको छ। 

दशैँका लागि घर फर्कने तथा दशैँका समयमा व्यापार व्यवसाय गर्नेलाई पनि समस्या परेको हो।

भारतको पिथौरागढ जिल्लामा आज हुने जिल्ला पञ्चायत तथा ग्राम पञ्चायतको निर्वाचनलाई मध्यनजर राखेर सीमा नाका बन्द गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।

दशैँको मुखमा सीमा नाका बन्द हुँदा नेपालीलाई भने समस्या परेको छ। जिल्लाका विभिन्न स्थानमा लाग्ने मेला तथा जात्रामा भारतीय बजारबाट ल्याएर सामग्री बिक्री गर्ने गरिएको भए पनि सीमा नाका बन्द हुँदा समस्या भएको दशरथचन्द नगरपालिका– १ का देवदत्त भट्टले जानकारी दिए।

नेपाली बजारमा प्याजलगायतका तरकारीको पनि अभाव भएकाले सीमावर्ती भारतीय बजार झुलाघाटमा गएर ल्याउने गरिएकामा तीन दिनका लागि सीमा नाका बन्द हुँदा समस्या भएको उनले बताए।
यस्तै दशैँका लागि घर फर्कने नागरिकलाई सीमा नाकामा समस्या भएको छ। यस्तै बैतडीका विभिन्न स्थानमा दर्शनका लागि आउने भारतीय दर्शनार्थीलाई पनि समस्या भएको छ। चुनावका कारण सीमा नाका बन्द हुँदा समस्या भएको हो।

बिरामी तथा आकस्मिक नाका खोल्नुपरे दुई देशबीचको आपसी समन्वयमा नाका खोल्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। हिजो बेलुकादेखि बन्द भएको पुल भोलि बेलुकामात्र खुल्ने बताइएको छ।रासस

प्रकाशित मिति: : 2019-10-05 08:45:48

प्रतिकृया दिनुहोस्