वीरगन्जको गहवामाई मन्दिर परीसरमा दलित महिलाहरू मन्दिरको परिक्रममा गर्दैछन्। नवरात्रिमा भाकल गरेकाले दलित समुदायका महिलाहरू भगवतिलाई खुसी पार्न आफूले लगाएको साडीको आँचल (सप्को) ले मन्दिर परिक्रमा गरि बढार्छन्।
वीरगन्ज नगवाकि ललिता देवी जातिले मेस्तर हुन्। मन्दिरमा आएका अन्य भक्तजनभन्दा उनको पहिरन फरक छ। पहेलो सुतिको साधारण धोती, खुल्ला कपाल र बिना श्रींगार उनी आफ्नो जीवनमा भएको कठिनाई र दुःख कम होस् भन्दै गहवा माईको आँगन आफ्नो आँचलले बढार्ने भाकल गरेकि छन्।
उनीसँगै आएकि अर्की श्रद्धालु सरिता देवी मेस्तरको साथमा ६ वर्षकि छोरी छन्। लामो समयदेखि औषधि खुवाउँदा पनि ज्वरो ठिक नभएपछि उनले गहवा माईसँग स्वास्थ्य लाभको भाकल गरिन्। ‘आफूले माईसँग माँगेको भाकल पुरा भयो त्यसैले आफ्नो आँचलले माईको आँगन बढारेकि हुँ,’ उनले बिएल नेपाली सेवासँग भनिन्।
हिन्दूहरुको महान चाड दशैं जसलाई तराई मधेशमा दशहरा र नवरात्र पनि भन्ने गरिन्छ। नव दुर्गा भगवतिको नव स्वरुपको विशेष आराधना हुने भएकाले यसलाई नवरात्र भनिएको हो।
नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनाल सरकारबाट अप्रत्यासित निर्णय नआए माघ २८ सम्म पदमा बहाल रहने छन् । चार महिनाको यो अवधिका उनले न खस्किएको आफ्नो छवि सुधार्न सक्छन् न सम्भव छ- संगठनको शाख नै उकास्न । Details
कठिन तपस्याकै रूपमा मनाईने नवरात्रमा कोही नौ दिनसम्म ब्रत बसेर मनाउँछन् भने कोही पूजापाठ र माताको आराधाना गरेर नव दुर्गाको उपासन गर्ने गर्छन्।
तराई मधेशका बुढापाकाले भन्छन्, ‘नवरात्रभरी देवी भगवतिको द्धार (ढोका) सबैका लागि खुल्ला रहेकाले भगवतिसँग मागेको हरेक मनोकामना पूर्ण हुन्छ।’
यहाँ दशैंलाई मनोरञ्जनको पर्व भन्दा पनि कडा तपस्या र भगवतिको आराधनाको रुपमा लिने भएकाले आफ्नो भाकल पुरा गर्न र भगवतिको आर्शिवाद प्राप्त गर्न मधेशी समुदायका दलित महिलाहरू आफ्नो साडीको आँचलले मन्दिरको दैलो र आँगन बढार्दैछन्।
यसरी भाकल गरेका महिलाहरू घटस्थापनादेखि फुलपातिसम्म दिनको दुई पटक मन्दिर आउँछन्। सप्तमीमा गहवामाईको खोइच भर्ने (साडी, फलफूल, मिठाई र श्रृंगार सामग्री भगवतिलाई अर्पण गर्ने) विधि सकिएपछि यी महिलाहरु आफ्नो पहिलेकै भेसभुषा अपनाउँछन्।
- प्रदीप भट्टराई
नेपालमा भए कहीं नभएको जात्रा हाँडीगाउँमा भनिन्थ्यो । अमेरिकामा हाँडीगाउँ छैन । तर, दिमाखको त्यही हाँडीगाउँ लिएर अमेरिकाको टेक्सास आएका नेपालीले त्यहाँको डल्लासलाई नै मिनी हाँडीगाउँ बनाइ दिए । त्यसैले त भन्न थालिएको छ- कहीँ नभएको जात्रा डल्लासमा ... त्यो पनि दशैंमा । Details
अहिले भने सप्तमीसम्मका लागि सेता, पहेलो तथा रातो साधवी पहिरन लगाउने, कपाल खुल्ला राख्ने र ब्रम्हचार्यको पालना गर्दै सुद्ध सफा भई परिवारजन भन्दा फरक बस्ने गर्दछन् ।
जातीय विभेद हुँदैन गहवा माई मन्दिरमा
दलितलाई आज पनि कतिपय समाजमा गैरदलितले छुवाछुतको रुपमा लिने गर्छन्। कतिपय मन्दिरमा त अझै दलितलाई प्रवेश गर्न दिईदैन।
झन पूजा पाठमा त दलितले छोयो भने भगवान रिसाउँछन् भन्ने हाम्रो समाजमा धेरै भेट्टिन्छन्। यसैबीच वीरगन्जको मुख्य बजारमा रहेको गहवा माई मन्दिरमा छुवाछुतको कुनै भेदभाव छैन।
यहाँ दलित समुदाय अन्तर्गत रहेका डोम, चमार, मुसहरलगायतका अन्य सबै जातिहरु मन्दिरमा निर्धक्क रूपले पूजा गर्छन्।
दलित समुदाय अन्तर्गत डोम जातिकि राधिका देवी भन्छिन्, ‘हामीलाई गहवामाई मन्दिरको दर्शन र पूजापाठमा अहिलेसम्म कुनै रोकटोक भएको छैन। अन्य जाति सरह मन्दिरको भित्र गएर पूजारीका हातबाट टीका लगाउँछौं।’ यति भन्दै उनी खुसीले हाँस्छिन्।
वीरगन्जको मुख्य बजारमा रहेको गहवामाई मन्दिर सम्पूर्ण वीरगन्जबासीको मात्र नभई आसपासका जिल्लाको भक्तजनहरुको आस्थाको केन्द्र हुन्। यहाँ बसोबास गर्ने भोजपुरी, मैथिली, थारु, मारवाडि, पञ्जाबी, नेवार, ब्राम्हणलगायत अनेक जातजातिले गहवा माईलाई आफ्नो संस्कृति अनुसार पूजापाठ गर्छन्। यसमा मन्दिर समितिले कुनै रोक नलगाएको पूजारी राधेश्याम प्याकुरेलले बताए।