किर्ते गरेर १ करोड रकम निकासा गरेको आरोपमा एकजना पक्राउ

बिएल

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् प्रदेश कार्यालयको बैंक खाताबाट किर्ते गरी करोडौँ रकम निकाल्ने एक प्राविधिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा परिषद्मा सहायक ल्याव प्रशिक्षकको करार पदमा कार्यरत महोतरी गाउँपालिका वडा नम्बर १ बस्ने ४२ वर्षीय प्रवीणकुमार ठाकुर रहेका छन् ।

ठाकुरले परिषद् प्रदेश कार्यालय प्रदेश नम्बर २ अन्तर्गत सञ्चालित विपी मेमोरियल पोलिटेक्निकल इन्स्टिच्यूट लक्ष्मीनियाबाट ६२ लाख ५६ हजार ९सय र जनकपुरको रामानन्द चोकमा सञ्चालित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् प्रदेश कार्यालय प्रदेश नम्बर २ बाट १ करोड १५ लाख ४५ हजार गरी जम्मा १ करोड ७८ लाख १ हजार ९ सय रुपैयाँ विभिन्न बैंकबाट कर्ते गरी निकालेको प्रहरी उपरिक्षक खनालले बताए ।

ठाकुरमाथि चोरी तथा लिखत सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: : 2019-09-30 12:35:32

प्रतिकृया दिनुहोस्