झरीमय हुने भो दशैं

फाइल तस्बिर

यस वर्ष मनसुन अन्त्य हुने पहिलेको औसत अवधिभन्दा तीन दिन पर पुगेको छ । नेपालको मध्य र पूर्वी भागमा दक्षिणपूर्वी जल वाष्पयुक्त हावाको प्रभाव देखिएकाले मनसुनी गतिविधि अझै बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन सकिनका लागि जुन किसिमको वातवरण आवश्यक पर्थ्यो वातावरण अनुकूल देखिदैन । तल्लो वायुमण्डलमा पश्चिमी वायु चल्नुपर्छ तर अहिले पूर्वी वायु नै सक्रिय रहेकाले मनसुनको समयावधि लम्बिएको मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । ुकेही दिनयता निरन्तर रुपमा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आइरहेकाले दशैँसम्म नै मनसुन रहने सम्भावना देखिएको होु, उहाँले भन्नुभयो ।

पश्चिमी वायु सक्रीय भएलगतै नेपालमा चिसो बढ्ने अनुमान गरिएको छ । सामान्यतया नेपालमा जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा अन्त्य हुने गथ्र्यो तर यसवर्ष १० दिन ढिलो गरी ९जुन २०० असार ५ मा मनसुन भित्रिएको थियो । गएको वर्ष पनि अक्टोबर ५ मा मनसुन बाहिरिएको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा लामो समयको मौसमी गतिविधि प्रक्षेपण गर्ने प्रविधि नभए पनि एक सातासम्मको गतिविधि प्रक्षेपण गर्न सकिने प्रविधि छ । त्यसअनुसार दशैँको सुरुवाति दिनमा देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना देखिन्छ ।

हाल देशभरि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा भइरेहको महाशाखाले जनाएको छ । यो स्थिति शनिबारसम्म यथावत रहने बताइएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार बिहीबार काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव नौ डिग्री र अधिकतम तापक्रम २५ दशमलव ६ डिग्री सेलिसयस रहेको छ ।

 

प्रकाशित मिति: : 2019-09-26 18:13:44

प्रतिकृया दिनुहोस्