प्रहरीले धनुषामा गोली चलायो, लुटेरा  समूहका एक घाइते

Agency

लुटपाट तथा डकैती गरिरहेको समूहलाई नियन्त्रणमा लिन प्रहरीले धुनषामा गोली चलाएको छ।

जानकी उपमहानरपालिका २ मा बिहीबार बिहान करिब साढे तीन बजेको समयमा सुरक्षा गस्तीमा रहेको प्रहरीले गोली चलाएर चार लुटेरालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार गोली लागेर एक जना लुटेरा घाइते भएका छन्। लुटेरा समूहबाट प्रहरीले एउटा कटुवा पेस्तोल पनि बरामद गरेको छ। 

जानकी उपहानगरपालिका २ मा रहेको जानकी फर्निसङिमा ताला फोडेर लुट्दै गरेको अवस्थामा गस्तीमा रहेको प्रहरी टोलीले उनीहरुलाई फेला पारेको थियो। चारमध्ये एकलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो।

फरार भएका अन्य तीनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै जाइलागेपछि जवाफी फायरिङ गरी नियन्त्रणमा लिएको धनुषाका एसपी शेखर खनालले जानकारी दिए।

नियन्त्रणमा लिने क्रममा चलाइएको गोली लागेर रौतहटका विनोद प्रसाद सिंह घाइते भएका छन्। अन्य पक्राउ पर्नेमा रौतहटकै गगन पटेल र भारत सितामढीमा मोहम्मद अलिया र मुजिर अन्सारी छन्।

उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल र दुई थान गोली पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-09-26 08:47:26

प्रतिकृया दिनुहोस्