नेपाल घुम्न आएका फ्रान्सेली पर्यटकद्वारा काभ्रेको तेमालमा प्राथमिक उपचार तालिम

तस्बिरः बिएल

काभ्रेकोतेमाल गाउँपालिका-४, कल्लेरीमा भदौ ३१ देखि असोज २ गतेसम्म आकस्मिक प्राथमिक उपचार तालिम सम्पन्न भयो ।

फ्रान्सका ७ जना विदेशी डाक्टर र स्वयंसेवकको समूहले दिएको तालिममा १०० जना भन्दा बढी विद्यार्थी, शिक्षक, शिक्षिका, जनप्रतिनिधि, स्वयंसेवक र परिचारिकाको सहभागिता थियो।

हिमालयन पिस एडुकेशन फाउन्डेशनका अध्यक्ष राजेन्द्र लामाले प्राथमिक उपचार विधि गाउँ गाउँमा प्रदान गर्नपर्ने भन्दै यस्ता किसिमको कार्यक्रमहरू दक्ष चिकित्सक नपुग्ने दुर्गम गाउँ ठाउँका लागि अत्यावश्यक रहेको बताए।
उक्त तालिम फ्रान्सबाट आएका ७ जना प्राविधिक टोलीसहितका स्वयंसेवकले दिएका थिए। टोली संयोजक डा. ईभले तेमाल गाउँमा तालिम दिन पाएकोमा हर्षित हुँदै भने, ‘यो तालिमले स्थानीयलाई आकस्मिक प्राथमिक उपचार आफैंले स्वतन्त्र रूपमा दिनसक्ने औल्याए।

त्यस्तै आईस हिमालयका अध्यक्ष मोरीस दुशेनले आगामी दिनमा यस्ता किसिमका तालिम अन्य दुर्गम ठाउँहरुमा पनि सञ्चालन गर्न सहकार्य गर्ने प्रतिबद्दता जनाए।
तेमाल माविका प्राध्यापक गणेशमान तामाङले विदेशी डाक्टर टोलीलाई धन्यवाद दिदै तालिमले विद्यार्थी र स्थानियलाई प्रत्यक्ष्य फाईदा पुगेको बताए।

३ दिनसम्म चलेको तालिममा कृतिम स्वासप्रश्वास प्रणाली (सिपिआर), हात खुट्टा मर्किएको, भाँचिएको, बेहोस, चोट पटक , रक्तश्राप हुँदा अपनाउने आकस्मिक स्वस्थ्य उपचार विधिहरू प्रयोगात्मक तरिकाले सिकाएका थिए ।

तालिमको प्राविधिक सहयोग फ्रान्सका देस ईन्सट्रक्टर इट मोनिटरस दि सेकोरिज्मे संस्थाले गरेको थियो। सहकार्य रिपब्लिक फोन्से, आईस हिमालाय र हिमालय पिस एजुकेशन फाउन्डेशनले गरेका थिए।

कार्यशालामा स्वास्थ्य केन्द्र र तेमाल माविले पनि हातेमालो गरेको थिए।

प्रकाशित मिति: : 2019-09-26 07:24:37

प्रतिकृया दिनुहोस्