कृषि विकास बैंकबाट करीब ३ करोड रुपैयाँ ह्याक गरी लुटिएको छ। प्रहरीका अनुसार ह्याकरको एक गिरोहले कृषि विकास बैंक लहान शाखाबाट काठमाडौंस्थित केन्द्रीय कार्यालयमा रहेको आफ्नो खातामा करिब तीन करोड रकम रकम ह्याकर समूहले ट्रान्फर गरेको हो।
बैंकबाट करीब ३ करोड रुपैयाँ विभिन्न व्यक्तिको नाममा ट्रान्फर भएको छ। आफ्नो खातामा रकम ट्रान्सफर गरेर रकम झिक्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका एक उच्च अधिकारीले आफ्नो खातामा रकम सारेर झिक्दै गर्दा तीन जनालाई नियन्त्रणमा लिएको भन्दै अन्य व्यक्तिहरुको खोजी भइरहेको बताए।
काठमाडौंबाट पक्राउ परेका तीन जना नेपाली नै हुन्। उनीहरुको साथबाट प्रहरीले केही रकमसमेत बरामद गरेको छ। प्रहरीका अनुसार बैंकबाट ट्रान्सफर भएको रकम बाहिरि नसकेको जानकारी दिएको छ।
ती अधिकारीका अनुसार उनीहरुले रकम ट्रान्सफर गरे पनि निकालीनसकेको जानकारी दिए।
यसअघि भदौ १५ गतेमा प्रहरीले एटिएम ह्याक गरि रकम झिक्ने ५ चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।