जिल्लाको बेथानचोक गाउँपालिका खहरे–४ बस्ने ४३ वर्षीय वीरबल तामाङको भीरबाट लडेर मृत्यु भएको छ ।
जिल्ला कार्यालय काभ्रेको प्रवक्ता डिएसपी दिपक गिरिका अनुसार तामाङ सोमबार बेलुका पसलबाट घरजाने क्रममा घर नजिकै रहेको सुरसंगी भीरबाट १ सय मिटर तल खसी गम्भीर घाइते भएका थिए।
उपचारका लागि शीर मरमोरियल अस्पताल बनेपा ल्याएका उनको सोमबार राति नै चिकित्सकले मृत्यु घोषणा गरेका हुन्।