पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोतीमा ट्रक र कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।
राजमार्ग अन्तर्गत कावासोती नगरपालिका-८ खरकट्टा जंगल क्षेत्रमा लु १ ख ८५३२ नम्बरको ट्रक र बा २१ च ६४०९ नम्बरको कार गए राति पौने ११ बजेतिर ठोक्किँदा कारमा सवार व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक सबै पुरूष भएको र उनीहरुको सनाखत नभएको नवलपुर प्रहरीले जनाएको छ।
यस्तै यस्तै नवलपरासीकै मध्यविन्दु नगरपालिका-१०, स्थित जंगलमा राति पौने दुई बजेतिर भएको यात्रु बस दुर्घटनामा अर्का एक जनाको मृत्यु भएको छ। कम्तिमा १५ जना घाइते भएका छन्।
दाङबाट काठमाडौं जाँदै गरेको ना ७ ख ८६४२ नम्बरको बस आफैं अनियन्त्रित भएर पल्टिँदा मकवानपुर घर भएका बस चालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएकाहरुको नवलपुर अस्पताल, कालिगण्डकी अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ।