नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सुनसरी इञ्चार्जसहित दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा जिल्ला इञ्चार्ज लक्ष्मण पौडेल र सुनसरी जिल्ला सेक्रेटरी राजेन्द्रसिंह विष्ट रहेका छन् ।
उनीहरूलाई इटहरी ५ बाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए। इटहरीस्थित सुष्मा गोदावरी कलेजमा बम बिस्फोट गराउने घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको उपरीक्षक भण्डारीले बताए ।
गत भदौ २० गते उनीहरूले कलेजमा बम विष्फोट गराएको आरोप प्रहरीको छ। चन्दा माग्दा नदिएपछि बम विष्फोट गराइएको प्रहरीको दाबी छ।
विष्फोटबाट कलेजको पर्खालमा क्षति पुगेको थियो।