लहान नगरपालिका–१८ अमही बस्ने ४० वर्षीय सियाराम महतोको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ ।
खेतमा पानी लगाउन मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका महतोलाई उपचारका लागि सप्तऋषि अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।