भारतबाट भन्सार छली ल्याएको ५५ थान मोबाइल प्रहरीले बरामद गरेको छ ।आइतवार राति थानकोट बलम्बुबाट काठमाडौँतर्फ आइरहेको बि एल १२ सि ए १४५८ नम्बरको भारतीय गाडीमा राजस्व छलेर ल्याएको ५५ थान मोबाइल महानगरीय प्रहरी प्रभाग बलम्वुले बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी उत्तमराज सुवेदी
महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख शंकर खड्काका अनुसार मोबाइलसँगै २ जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिपक महाजान र मोहम्मद चाद रहेका छन् ।
बरामद मोबाइलहरु आइफोन, सामसुङ, एमआइ, हुवावे लगायत कम्पनीका रहेका छन् । जसको अनुमानित बजार मूल्य १३ लाखभन्दा बढी रहेको प्रहरीले जनाएको छ ।पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीको लागि राजश्व कार्यालय ललितपुर पठाइएको छ ।