सार्वजनिक बसमा युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका पूर्वसभासद योगेन्द्र घिसिङ धरौटीमा रिहा भएका छन्।
जिल्ला अदालत ललितपुमा ५ हजार रकम धरौटी बुझाएर पूर्वसभासद घिसिङ बुधबार रिहा भएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङले जानकारी दिए।
सार्वजनिक यातायातमा एक कलेजमा पढ्ने युवतीलाई यौन दुर्व्र्यवहार गरेको अभियोगमा घिसिङलाई केही दिनअघि ललितपुर प्रहरीले पक्राउ गरेको थियो।
घिसिङ २०७० मा तत्कालिन माओवादीबाट समानुपातिक सांसद थिए।