गृहमन्त्रीका फिरौती उठाउने भाइका लागि अस्पतालको क्याविन नै हिरासत

गृहमन्त्रीका फिरौती उठाउने भाइ नरेशकुमार थापा : तस्बिर सौजन्य : टीकेपी

नेपालमा एउटा उखान छ- गाई भए गोरस, भाइ भए भरोस । त्यो उखान अहिले उखान टुक्कामा प्रख्यात प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सरकारमा हुबहु लागु भएको छ । खैर उनले आफूलाई कम्युनिष्ट प्रधानमन्त्री भने पनि उखान टुक्कामा उनको ठूलो विवास छ । 

यो विश्वासलाई मूर्तरूप दिएका छन् उनका गृहमनत्री रामबहादुर थापा 'वादल'ले । बादलका साइला भाइ नरेशकुमार थापा यसपटक फिरौती उठाउनेहरूसँग जोडिएर 'प्रख्यात' मात्र भएनन्, पक्राउ नै परे । आफ्नै दाइ गृहमन्त्री भएको बेला प्रहरी हिरासतमा बस्ने कुरा पनि भएन, प्रहरी हाकिमहरूसँग राख्न सक्ने साहस पनि भएन । 

त्यसैले अहिले उनी विरामी बनाइएका छन् । र, प्रहरी हिरासतमा हैन, सुविधा सम्पन्न बसुन्धरास्थित चिरायु अस्पातलको क्याविनमा आराम गरिरहेका छन् । 

ओली सरकारको नारा छ- समृद्ध नेपाल, सुखी नेपाली । त्यो नारा त साकार पार्ने छाँट देखिदैन तर गृहमन्त्रीका फिरौती उठाउने भाइलाई अस्पतालको क्याविनमा राखेर समृद्ध नेपाल सुखी हिरासतको नारा भने साकार बनाइएको छ । 

यो पनि हेर्नुहोस् 

वृद्धाश्रममा बसेकी एक उपसचिवको कथाः

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको हो । र, सीआइवीको आफ्नै हिरासत पनि छ । तर, गृहमन्त्रीका भाइ भएपछि त्यहाँ बस्ने कुरै भएन । त्यसैले अहिले  उनका लागि अस्पतालको क्याविन नै हिरासत भएको छ । यसका लागि चिकित्सको भेषामा रहेका उनकै पार्टीका कार्यकर्ता डक्टरले विरामी भनेर पूर्जा बनाइदिएका छन् । त्यही पूर्जालाई हतिायर बनाएर उनी अस्प्तालको क्याविनमा आराम गरिरहेका छन् ।

ओली सरकारको नारा छ- समृद्ध नेपाल, सुखी नेपाली । त्यो नारा त साकार पार्ने छाँट देखिदैन तर गृहमन्त्रीका फिरौती उठाउने भाइलाई अस्पतालको क्याविनमा राखेर समृद्ध नेपाल सुखी हिरासतको नारा भने साकार बनाइएको छ । 

 

प्रकाशित मिति: : 2019-09-18 04:40:23

प्रतिकृया दिनुहोस्