पाकिस्तानमा डेन्टल पढिरहेकी एक हिन्दु युवतीको हत्या

Agency

पाकिस्तानमा एक हिन्दु युवतीको हत्या भएको छ। सिन्ध प्रान्तको घोतकीमा बसोबास गर्ने नमृता चन्दानी नाम गरेकी हिन्दु युवतीको मृत शरीर असिफा मेडिकल डेन्टल कलेजको होस्टेलमा फेला परेको थियो।

कलेज प्रशासनले चन्दानीले आत्महत्या गरेको दावी गरेपनि पछिल्लो समय पाकिस्तानमा बढ्दो अल्पसंख्यक माथिको आक्रमणको रुपमा यसलाई हेरिएको छ।

कोरियामा मासिक तीन लाख कमाई छाडेर फर्किएका युवाका अठोट

हिन्द प्रान्तमा रहेको घोतकीमा कट्टरवादी मुसलमानहरूले एउटा मन्दिर तोडफोड गरेलगत्तै भएको यो घटनाबाट पाकिस्तानी सरकाको थप आलोचना भइरहेको छ।

चन्दानी बिडिएसको अन्तिम वर्षको छात्रा थिइन्। उनको शरीर सुत्ने खाटमा भेटिएको थियो। तर, घाँटीमा डोरीको डाम देखिएपछि कसैले मारेको आशंका गरिएको छ।

प्रकाशित मिति: : 2019-09-17 18:22:29

प्रतिकृया दिनुहोस्