मन्त्रीका कारण २४ मिनेट मात्रै ढिला भएको हो- बुद्ध एयर

फाइल तस्बिर

बुद्ध एयरले पर्यटनमन्त्री योगेश भट्टराईका कारण उडानमा २४ मिनेट ढिलाई भएको दाबी गरेको छ। बुद्ध एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सोमबार पत्र पठाउँदै काठमाडौंबाट उडान गर्दानै ढिला भएको भन्दै उडानमा ढिला भएको स्पष्ट पारेको हो।

कम्पनीका अनुसार काठमाडौंबाट २३ मिनेट ढिला भएको हो।परिमार्जित समय अनुसार २४ मिनेट ढिला भएर ८ बजेर ४ मिनेटमा विमान उडेको कम्पनीले जनाएको छ।‘काठमाडौंबाट नेपालगंजका लागि ४ बजेर ५० मिनेटमा उड्नुपर्नेमा २३ मिनेट ढिला भएर ५ बजेर १३ मिनेटमा उडेको कम्पनीले जनाएको छ,’कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ’सो जहाज ६ बजेर २ मिनेटमा अवतरण भएको थियो।’

कम्पनीका अनुसार परिमार्जित समय अनुसार नेपालगंजबाट ६ बजेर २५ मिनेटको सट्टा ६ बजेर ४० मिनेटमा उड्नुपर्ने थियो। वुद्ध एयरसँगै यति एयरलाइन्सको विमान ६ बजेर ५३ मिनेट अवतरण गरेर ७ बजेर २१ मिनेटमा उडेको र श्री एयरलाइन्सको विमान ७ बजेर ३० मिनेटमा अवतरण गरेर ७ बजेर ५१ मिनेटमा उडेको कम्पनीले जनाएको छ।

कम्पनीले मन्त्रीका सहयोगीले धम्बौजी आइपुगेको जानकारी दिएको जनाउँदै मन्त्री साढे सात बजे बोर्डिङ गरिसकेको दाबी गरेको छ।कम्पनीका अनुसार मन्त्री विमानस्थलमा प्रवेश गर्नु भन्दा पहिलानै सुरक्षाकर्मीकै अगाडि १४/१५ जना यात्रुहरुसँगको समूहलाई विमान परिचारिकाले वाहिर निस्किन आग्रह गर्दागर्दै आक्रोशित भएर वाहिर निस्किएकाले विमान उडानमा ८ मिनेट ढिला भएको जनाएको छ।
बुद्ध एयरले नेपालगञ्जमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि हुलहुल्लज गर्दा पनि उडान थप ढिला भएको स्पष्टीकरण दिएको हो।

विमान कम्पनीले मन्त्रीलाई पर्खिँन केही समय उडान रोकिएको स्वीकार गरेको छ। तर, मन्त्री आइसकेपछि एउटा समूहले हुलहुज्लत गर्दा कारण उडानमा थप ढिलाई भएको र विमान समेत एकातिर ढल्किएको बुद्ध एयरले जनाएको छ ।

‘घटनामा मन्त्रीका सुरक्षाकर्मी र सहयोगीले देखाएको संयमताले गर्दा आक्रोशित समूहलाई समयमै साम्य पारी उडान गरिएको थियो,’ पत्रमा भनिएको छ ।

६:५० बजे मन्त्री एयरपोर्ट आइपुगेपछि उत्तेजित समूहले उहाँलाई घेरे, तर उहाँ चुपचाप बिमानमा चढ्नुभयो । उहाँसँगै अन्य यात्रु पनि भित्र पसे । तर, ४-५ मिनेट एकै ठाउँ उभिएर विवाद गर्न थाल्दा एकै भागमा बढि वजन भएर विमान ढल्किएको थियो,’ पत्रमा भनिएको छ ।

जहाजभित्र आक्रोशित समूहले मन्त्रीका कारण १ घन्टा पर्खाइएको दावी गरेका थिए । मन्त्री भट्टराईले भने आफ्ना कारण १५ मिनेट ढिलो भएको स्पष्टिकरण दिँदै आएका छन्।

प्रकाशित मिति: : 2019-09-16 18:13:31

प्रतिकृया दिनुहोस्