स्रोत नखुलेको १३ लाख रुपैयाँसहित त्रिपुरेश्वरबाट एकजना पक्राउ

फाइल तस्बिर

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरबाट स्रोत नखुलेको ठूलो रकमसहित एक जना पक्राउ परेका छन् ।

आइतबार साँझ महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले प्रदेश नम्बर ३–०२–००५ प ६१५२ नम्बरको स्कुटर जाँच गर्ने क्रममा डल्लु बस्ने ओखलढुंगा मोलुङ गाउँपालिका–५ का २२ वर्षीय उमेश कुमार मगरलाई पक्राउ गरेको हो ।

उनको साथबाट १३ लाख ९ हजार ७ सय ५ रुपैयाँ नगद र विभिन्न बैङ्क तथा वित्तिय संस्थाको ४१ लाख ६२ हजार ५ सय रुपैयाँ बराबरको चेक बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: : 2019-09-16 13:26:42

प्रतिकृया दिनुहोस्