भारतको गोदावरी नदी दुर्घटनामा ११ को मृत्यु

बिएल

भारतको आन्ध्र प्रदेशको गोदावरी नदीमा दुर्घटना हुँदा ११ जनाको निधन भएको छ। आइतबार दिउँसो ६१ जना बोकेर हिडेको डुँगा एक्कासी नदीमा डुबेको थियो।

प्रहरीले २३ जनालाई सकुशल उद्दार गरेको, बाँकी बेपत्ता रहेको बताइएको छ।

घटनालगत्तै मुख्यमन्त्री जगनमोहन रेड्डीले मन्त्रीहरूलाई राहत कार्यमा जुट्न निर्देशन दिएका छन्। सरकारले अन्य डुँगालाई नदीमा जान रोक लगाएको छ। घटनामा ज्यान गुमाउने परिवारजनलाई १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ।

 

प्रकाशित मिति: : 2019-09-15 19:06:04

प्रतिकृया दिनुहोस्