रुपन्देहीमा डाका समूहले चलाएको गोली लागेर एक जनाको मृत्यु

तस्बिर: सामाजिक संजाल

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिका–३ मा डाका समूहले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हृदय थापाका अनुसार आइतबार दिउँसो कुर्मी बैंकबाट रकम निकालेर लु ९ प ८२३५ नम्बरको मोटरसाइकलबाट धकधई जाँदै गर्दा कुर्मीमाथि गोली प्रहार भएको हो । उनको बायाँ कुममा गोली लागेको छ।

 उनका अनुसार कुर्मीसँग भएको ५ लाख रुपैयाँ रकम पनि लुटिएको छ। गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले गोली हान्नेको खोजी गरिरहेको छ ।

प्रकाशित मिति: : 2019-09-15 15:46:33

प्रतिकृया दिनुहोस्