भारतमा नियम उल्लंघन गर्दा एउटा ट्रकमाथि ६ लाख बढीको जरिवाना

Agency

भारत सरकारले सवारी साधनसम्बन्धि नयाँ कानुन लागु गरेपछि रोचक घटना बाहिर आएको छ। ओडिशाको संबलपुरमा ट्राफिक नियम भंग गरेको आरोपमा नागाल्याण्डका एक ट्रक मालिकलाई ट्राफिक प्रहरीले ६ लाख ५३ हजार १ सय रुपैयाँ जरिवाना गरेको छ।

भारतमा नियम उल्लंघनको मुद्धामा यति ठूलो रकम जरिवाना गरिएको पहिलाे घटना हो। चलान पुरानै सवारी साधनसम्बन्धि कानुन मातहत रहेर काटिएको बताइएको छ। चलान १० अगस्टमा काटिएको थियो। सवारी साधनसम्बन्धि नयाँ नियम सेप्टेम्बरको पहिलो सातादेखि लागु गरिएको हाे। 

घटनाको जानकारी शनिबार मात्र सार्वजनिक भएको हो। प्रहरी श्रोतलाई उधृत गर्दै भारतीय मिडियाले लेखेका छन्, संबलपुरको आरटिओले ट्रक नम्बर एनएल ०८ डि ७०७९ नम्बरको ड्राइभर दीलिप कर्ता र मालिक शैलेश शंकरलाल गुप्तको नाममा चलान काटेको हो। ट्रक मालिक शैलेश शंकरमाथि विगत पाँच वर्षदेखि रोड ट्याक्स नतिरेको आरोप पनि लागेको थियो।

दक्षिण एसियाकै पहिलो महिला टेम्पो ड्राईभर, जो अहिले मुलुककै सफल व्यवसायी भइन् (भिडियोसहित)

सुत्रका अनुसार ट्राफिक प्रहरीले वाहनसम्बन्धि इन्स्योरेन्स, पोलुसनको रेकर्ड आदी सबै दस्तावेज हेरेपछि यति ठूलो मात्रामा चलान काटेको हो। 

यसअघि सबैभन्दा ठूलो चलान राजधानी दिल्लीमा काटिएको थियो। हरियाणाका ट्रक मालिकमाथि नियम उल्लंघन गरेको आरोपमा २ लाख ५ सय रुपैयाँ जरिवाना लगाइएको छ। यसको पाँच दिन अगाडि पनि राजस्थानका एक ट्रक चालकमाथि १ लाख ४७ हजार, ओडिसामा पनि ८६ हजार ५ सय जरिवाना लगाइएको थियो।

प्रकाशित मिति: : 2019-09-14 15:54:43

प्रतिकृया दिनुहोस्