बिज्ञान र प्रविधीको क्षेत्रलाई सरकारले उच्च प्राथमिकता राखेको छ– मन्त्री बाँस्कोटा (भिडियोसहित)

तस्बिरः बिएल

संचार तथा सूचना प्रविधिमन्त्री विज्ञान र प्रविधिको विकासका क्षेत्रमा मुलुकले फड्को मार्ने बताएका छन्। बुधबार काठमाडौंमा ग्लोबल इन्टरप्राईज टेक्नोलोजी सम्मेलनको उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले बिज्ञान र प्रविधीको क्षेत्रलाई सरकारले उच्च प्राथमिकता राखेको समेत बताए।

उनले मुलुकलाई समृद्ध बनाउन विज्ञान र प्रविधिको महत्वपूर्ण भूमिका हुने जिकिर गरे। त्यस्तै उनले सरकारले स्मार्ट सिटी निर्माणको कामलाई पनि अघि बढाईरहेको जानकारी दिए। उनले सूचना प्रविधिको विकासका लागि योजनावद्ध ढंगले काम अघि बढिरहेको जानकारी दिए।

कार्यक्रममा उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालमा सूचनाप्रविधी बिकासका लागी नीजि क्षेत्र पनि सरकारसंग हात्तोमालो गर्दै अघि बढ्ने बताए।

प्रकाशित मिति: : 2019-09-11 15:27:46

प्रतिकृया दिनुहोस्