महाराष्ट्रमा सरकार गठन गर्न राज्यपालको आग्रह

फाइल तस्बिर

भारतको महाराष्ट्र राज्यमा नयाँ सरकार बनाउन राज्यपाल भगतसिंह कोश्यारीले आग्रह गरेका छन्।

राज्यपाल कोश्यारीले भारतीय जनता पार्टीलाई सरकार गठन गर्न आग्रह गरेको भाजपा–नेपाली समाज प्रकोष्टका महाराष्ट्र संयोजक धीरेन्द्र सिंहले जानकारी दिए। ‘महाराष्ट्रको चुनावमा भाजपा ठूलो पार्टी बनेको छ, त्यसैले राज्यपाल महोदयले सरकार गठनका लागि भाजपालाई आग्रह गर्नुभएको हो,’ संयोजक सिंहले भने।

महाराष्ट्र बिधानसभा निर्वाचनमा भारतीय जनता पार्टीले १०५ सिट जितेर पहिलो पार्टी भनेको छ। महाराष्ट्रमा शिवसेना पक्ष ५६ सिटका साथ दोस्रो स्थानमा छ भने, तेस्रोमा एनसिपि ५४ सिट र ४४ बिधेयकका साथ कांग्रेस चौथो पार्टी बनेको छ।

चुनावताका गठबन्धन गरेका भाजपा र शिवसेना बीच नयाँ सरकार बनाउने बिषयमा सहमति नजुटेपछि, अहिलेसम्म महाराष्ट्रले नयाँ सरकार पाउन सकेको छैन। मुख्यमन्त्री देवेन्द्र फडणवीसको कार्यकाल पनि शनिबारदेखि सकिएको छ। मुख्यमन्त्री फडणवीसकले शुक्रबार नै राज्यपाललाई भेटेर राजीनामा पत्र दिएका छन्।

प्रकाशित मिति: : 2019-11-09 22:50:44

प्रतिकृया दिनुहोस्