परदेशमा रहेर घरदेशको चिन्ता गर्ने हामीलै नै हो, हामीले नगरे कसले गरिदेला: राजदूत शर्मिला पराजुली ढकाल

तस्बिरः बिएल

कुनै पनि देश बाहिर हुने दूतावासको काम भनेको त्यो देशमा आफ्नो देशको प्रतिनिधित्व गर्ने हो। अनि त्यो देशमा रहेका आफ्ना नागरिकमाझ राज्यको उपस्थिति गराउनुसमेत हो।

त्यही उद्देश्यले स्थापना भएको ओमानस्थित नेपाली दूतावासले आफूलाई दिएको जिम्मेवारी भन्दा माथि उठेर कैयन काम गरेको छ, जसले गर्दा राज्यको शीर ठाडो भएको छ। साथै ओमानमा रहेका नेपालीले आफ्नो राज्य भएको महशुस गरेका छन्।

दूतावासको जिम्मेवारी सम्हालेर ओमान पुगेकी सर्मिला पराजुली ढकाल यतिबेला आफ्नो कार्यकालमा कसरी हुन्छ राज्यलाई फाइदा गराउने र दुई देशको सम्वन्धलाई मजबुद पार्ने कोशिशमा लागेकी छन्।

केही दिनअघि बिएल नेपाली सेवासँग कुरा गर्दै ढकालले आफ्नो कार्यकालमा गरेको काम र अब गर्न बाँकी रहेका कामको बेलिबिस्तार सुनाईन्।

उनले गरेको केही मुख्य काम हामीले उतार्ने जमर्को गरेका छौं।

करिब २० हजार नेपाली रहेको ओमानमा यसअघि धेरै समस्या आउने गरे पनि अहिले त्यस्ता खालका समस्या देखिदैनन्।

ओमानमा नेपाली दिदी–बहिनी बिचौलियाको मारमा, ९ महिनासम्म तलब बिहिन

एकाध घरेलु कामदारका समस्या छन्, ती पनि विचौलियाको पछि लागेर कुबाटो हुँदै गएका महिलाका छन्।

ती र त्यस्ता नागरिकलाई यतीबेला राज्यको महशुश दिलाउँदै आएकी छन्, राजदूत पराजुली ढकालले।

आपत्त विपत्तमा परेको आफ्ना नागरिकलाई उद्धार गर्ने र श्वदेश पठाउने मात्र होइन, राज्यले गर्ने पुरै उनैलै सम्हालेकी छन्।

नेपाल सरकारले नेपालमा गर्ने हरेक कार्यक्रमहरू यहाँ गरिन्छ, अनि नेपालमा लगानी गर्नेदेखि नेपालको पर्यटन विकास र नेपालमा भएका सम्पूर्ण गतिविधिको समिक्षा हुन्छ।

विश्वभरका कुटनीतिक साथै दूतावास, र ओमान सरकारलाई बोलाएर राजदूतले बेला बखतमा त्यस्ता काम गर्दै आएकी छन्, जुन काम नेपालमै बसेर सम्भब नहुन सक्छ।

गत जुलाई ५ मा ओमानमा नेपाली राजदूतावासले एक कार्यक्रम गर्‍यो। कार्यक्रमको विषय थियो,‘नेपाल भ्रमण वर्ष २०२०’ को लागि ‘पर्यटन प्रवर्धनमा खाडी मुलुकमा रहेका नेपाली समुदायको भूमिका’ विषयक अन्तरक्रिया।

नेपालका विकल झा ओमानमा विमान चालकलाई पढाउँछन् (भिडियाे सहित)

 

दूतावासको दैनिक काममा यो विषय पर्दैन। तर, ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको सक्रियतामा उक्त कार्यक्रम भएको थियो।

‘नेपालले भ्रमण वर्ष मनाउँदै गरेको बेला हामीले पनि केही गर्नुपर्छ। हाम्रो मुलुकको निम्ति हामीले नै गर्ने हो’, भन्दै राजदूत ढकालले उक्त कार्यक्रममा सम्बोधन गरिन्।

कार्यक्रममा आएका नेपाली संघसस्थाका प्रतिनिधिलगायतले पर्यटन प्रवर्धनको निम्ति  ओमानको सडक छेउमा होर्डिङ बोर्ड राख्न, सार्वजनिक यातायातमा विज्ञापन राख्न, ओमानी र अङ्ग्रेजी भाषामा लेखिएका ब्रोसर र पर्चाहरू वितरण गर्न, मस्कट महोत्सव र ओमानका अन्य पर्यटन प्रवद्र्धधनका कार्यक्रममा सहभागी हुन, नेपाली पर्यटन सम्बन्धी लेखहरूका लागि ओमानी पत्रकारलाई स्पन्सोर गरि नेपाल भ्रमण गराउन, ओमानका ट्राभल एजेन्सीहरूसँग सहकार्य गरि नेपाल टुर प्याकेज बनाउन, ओमानमा कार्यरत प्रत्येक नेपालीले कम्तिमा दुईदेखि तीन जना ओमानी नागरिकलाई नेपाल भ्रमणको लागि आह्वान गर्ने लगायतका विषयमा छलफल भयो।

 

नेपाल बाहिर सायद यसरी कार्यक्रम भएको पहिलो पटकनै हो।

त्यसैगरी राजदूत ढकालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो ओमानी महिला नादिरा अल हार्थीलाई कदर–पत्र प्रदान गर्दै आगामी दिनमा पनि नेपाल भ्रमणको निम्तो दिइन्।

सगरमाथा चढ्ने पहिलो ओमानी महिला नादिराको कहानी (भिडियोसहित)

त्यसले नेपालप्रतिको ओमानी समुदाय र त्यहाँको सरकारको हेर्ने नजर झनै उच्च हुन पुग्यो।

गत मार्च २९–३० मा सरकारले काठमाडौंमा लगानी सम्मेलन गर्‍यो। नेपालमा भएको भब्य कार्यक्रमको भिडियो र प्रधानन्त्रीले विदेश लगानी भित्र्याउन गरेको भाषणदेखि कार्यक्रमको ओमानमा पनि जानकारी गराइयो।

गत जुलाई १ मा नेपाली दूतावासले डब्ल्यू मस्कट होटलमा ‘नेपालमा लगानीको सम्भावना’ विषयमा एक भब्य कार्यक्रमको आयोजना गर्‍यो। कार्यक्रमका बारेमा ब्यापक छलफल भयो।

कार्यक्रममा अहमद बिन हसन अलदिब, दक्षिण एसिया विभागका प्रमुख पराराष्ट्र मन्त्रालयका महामहिम हिलाल मारोन अल मामारी, अर्थतन्त्र क्षेत्रका प्रमुख तथा पराराष्ट्र मन्त्रालयका महामहिम डाक्टर याह्या अब्दुल्लाह अल फन्नाह, ओमान चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीका सिइओ अब्दुल अधैम अल बाहराइनी लगाएत ओमानमा रहेका बिभिन्न देशका कुटनीतिक ब्यापारी लगायतको सहभागिता थियो।

राजदूत ढकालले सम्बृद्ध नेपाल सुखी नेपालीको उद्देश्य पूरा गर्न नेपालमा लगानीको महत्वबारे प्रकाश  पार्दै कृषि, ऊर्जा, आधारभूत संरचना, शिक्षा, औद्योगिक संरचना, सहरी आधारभूत संरचना, यातायात लगायतका लगानीका क्षेत्रबारे धारणा राखिन् र सबैलाई लागनी गर्ने नेपालमा निम्तो समेत गरिन्।

ओमानमा रहेका नेपालीको सहज सम्पर्क र सबैको पहुँच हुने गरी दूतावासले ‘नेप्लिज इन ओमान’ नामक मोबाइल एप्ससमेत सञ्चालनमा ल्याइएको छ।

नेपालीहरू तथा ओमान आउन लागेका नेपालीहरूलाई नेपाली राजदूतावास, ओमानका प्रमुख गन्तव्यहरू, ओमानका सरकारी निकायहरू, ओमानको श्रम कानून आदिका बारेमा आधारभूत जानकारीहरू दिइ सहयोग पुग्नाले उक्त एप्स संचालनमा ल्याइएको हो।

यतिमात्र होइन यसअघि भएको ओमान महोत्सवमा समेत नेपालको पर्यटन प्रवर्धनका बारेमा प्रचार प्रसार हुने खालका कामहरु समेत गरिएको थियो।

उक्त महोत्सवमा नेपालका पर्यटन क्षेत्र, नेपालका उत्पादन र नेपाल के हो भन्ने बारेमा चिनाउने काम भएको थियो। त्यसले ओमानीहरुलाई नेपाल मोह झनै बढाएको छ।

राजदूत पराजुलीकै अग्रसरमा अव नेपाली डाक्टर नर्स तथा ल्याप टेक्नीसिएनहरुले सहजै ओमानमा रोजगारी पाउने भएका छन्।

राजदूत शर्मिला ढकालले ओमानका स्वास्थ्यमन्त्री डाक्टर अहमद बिन मोहम्मद पवन ओबइड अलसादी तथा सरोकार वालासँग सो बिषयमा छलफल अघि बढाएकी छन् र यो कुरामा ओमानले पनि सकारात्मक कमद चाल्ने बचन दिएको छ।

ओमान सरकारले राजदूत ढकालको प्रस्तावलाई स्वीकार गरेको छ। त्यसलाई मूर्त रुप दिने छलफल जारी रहेको दूतावासले जनाएको छ।

बिएलसँगको कुराकानीमा ढकालले नेपालको विकास र नेपालीहरुको सुखका निम्ति आफू अहोरात्र खटिएको बेलिबस्तार सुनाईन्।

राजदूत पराजुली ढकालले भनेको कुरालाई हामीले ओमानमा रहेका केही नेपाली र नेपाली समुदायसँग राखेका थियौ, उनीहरुको पनि राजदूत ढकालको कार्यभार सन्तोषजनक रहेको प्रतिक्रिया दिए।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको ओमान भ्रमणदेखि पटक पटक हुने हाईलेवलको भ्रमण र दुई देशको सम्वन्धलाई बलियो बनाउने काम पनि राजदूत ढकालले गरिन्।

नेपालमा भएको लगानी सम्मेलनदेखि सरकारले मनाउने लागेको पर्यटन वर्षको बारेमा समेत ओमानमा उनले कार्यक्रम गर्दै सफल्ता हात पार्ने कोशिश गर्दै आएकी छन्।

‘मेरा केही योजनाहरु छन्, तिनीहरुलाई ब्यवाहारमा उतार्ने कोशिश गर्ने छु, त्यसले राज्यलाई धेरै पाईदा हुनेछ,’ राजदूत ढकालले बिएलसँग भनिन्।

ढकालले सयौंको संख्यामा बिचौलीयाको पछि लागेर ओमान पुगेकी नेपाली चेलीको उद्धार गरी घर पुर्‍याउने काम गरेकी छन्।

नेपालमा लगानी बारे ओमानस्थित दूतावासको सक्रियता, लगानीमा व्यवसायीको चासो (भिडियोसहित)

त्यति मात्र होइन नेपालमा हुने आपत्त बिपत्तका घटनाले उनलाई ओमानमा छटपछि हुन्छ।

त्यसैगरी नेपालको हाईड्रो पावरमा लगानी गर्नेदेखि ओमानीहरुलाई नेपाल घुम्न पठाउनेसम्म उनले प्रयास गर्दै आएको हामीलाई सुनाईन्।

बिचल्लीमा परेका नेपाली चेलीहरुलाई दूतावासमा राखेर उनीहरुलाई घरै पुगेको महशुश दिलाउने मात्र होइन, चार्डपर्वमा उनीहरुलाई घरै भएको महसुस समेत दिलाउँदै आएकी छन्।

प्रकाशित मिति: : 2019-08-06 10:18:21

प्रतिकृया दिनुहोस्