सुनको भाउमा गिरावट,चाँदी स्थिर

फाइल तस्बिर

नेपाली बजारमा सुनको भाउमा सामान्य गिरावट आएको छ। आइतबार सुन तोलामा २ सयले घटेर ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाली सुन चाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य भने ७० हजार १ सय रुपैयाँ कायम गरिएको छ।

शुक्रबार सुन तोलाको ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी तोलामा ८५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी तोलाको सोही मूल्यमा किचबेच भएको थियो।

प्रकाशित मिति: : 2019-10-20 12:20:59

प्रतिकृया दिनुहोस्