गुरु नानकको नाममा सिक्का

बिएल

नेपाल राष्ट्र बैंकले गुरु नानकको ५५० औँ जन्मोत्सवको अवसरमा विभिन्न दरका सिक्का निष्कासन गरेको छ ।

ठमेलस्थित होटलमा शुक्रबार साँझ आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल र नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले एक सय, एक हजार र दुई हजार पाँच सय दरका सिक्का सार्वजनिक गरेका हुन् ।

गुरु नानकको सम्मानमा सिक्का निस्कासन गरिएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए ।

यसअघि नेपाल राष्ट्र बैंकले संस्कृतिविद् सत्यमोहन जोशीको तस्बिर अंकित सिक्का सार्वजनिक निष्कासन गरेको थियो ।
शताब्दी पुरुष जोशी १०० वर्ष पुगेको अवसरमा बैंकले रु १०० का १० हजार थान र चाँदीबाट बनेका १००० का २५ हजार थान सिक्का निष्कासन गरेको थियो । त्यसैगरी २५ सयको सिक्का १० हजार थान निष्कासन भएका थिए ।

को हुन् गुरु नानक ?

संसारमै सबैभन्दा बढी पैदलयात्रा गर्ने गुरु नानकले २३ वर्षसम्म उदासी भेषमा रहेर चीन, साउदी, श्रीलंका, नेपाललगायतका देश भ्रमण गरेका थिए । काठमाडौं उपत्यकामा गुरुनानक मठ बालाजु, विष्णुपादुका गुुरु नानक मठ ज्ञानेश्वर, पशुपति गुरु नानक मठ देवपतन, शोभा भगवती गुरु नानक मठ र थापाथली नानक मठ रहेको छ ।

नेपालमा शिख समुदायको नेपालजञ्ज, वीरगञ्ज, बुटवल र कृष्णनगरलगायतका क्षेत्रमा बसोबास छ ।

प्रकाशित मिति: : 2019-09-28 08:41:34

प्रतिकृया दिनुहोस्