सोमबारदेखि १० चक्के मालवाहक सवारीसाधनलाई काठमाडौं प्रवेशमा रोक

फाइल तस्बिर

यातायात व्यवस्था विभागले सोमबारदेखि ठूला मालवाहक सवारीसाधनलाई काठमाडौं प्रवेशमा रोक लगाएको छ। सोमबार १२ गतेदेखि १८ गतेसम्मका लागि १० चक्के र सो भन्दाका माथिका सवारीको आगमनमा रोक लगाइएको हो।

त्यस्ता सवारीसाधनहरुलाई चितवनको नारायणघाटमै रोकिने विभागले जनाएको छ।विभागले दसै‌मा काठमाडौ‌ बाहिर जाने र आउने यात्रुलाई सहज गराउन भन्दै यस्तो निर्णय गरेको महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भिमदत्त ढकालले  जानकारी दिए ।  

अति आवश्यक खाद्यान्न सामाग्री, कपडा, औषधि, तरकारी लगायतका सामाग्रीहरु बोकेका सवारीलाई भने भित्रिन पाउने छन्।

यस्तै शुक्रबार रातिदेखि नै धादिङबाट काठमाडौं आउने ठुला सवारी साधन रोकिने भएका छन् । राति ९ बजेपछि मात्रै ठुला मालवाहक सवारी साधनलाई काठमाडौं प्रवेश गर्न दिइने ट्राफिक प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: : 2019-09-27 14:45:44

प्रतिकृया दिनुहोस्