सुन मूल्य ओरालो लाग्यो

फाइल तस्बिर

नेपाली बजारमा बुधबारको तुलनामा सुन आज (बिहिबार) तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज बजारमा सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तोलाको ७२ हजार पुगेको थियो।

आज बजारमा तेजाबी सुनको मूल्य तोलामा ७० हजार ७ सय रुपैयाँ छ।

त्यस्तै बजारमा आज चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा ८९० रुपैयाँ भएको चाँदी आज ८६५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: : 2019-09-26 11:54:35

प्रतिकृया दिनुहोस्