नोटमा कलर वा केरमेट गर्नेलाई कानुनी कारवाही हुने

फाइल तस्बिर

नेपाल राष्ट्र बैंकले एकजनालाई यस वर्षको दशैंमा खुद्रा र सुकिला नोटको लागि १८ हजार ५०० रुपैयाँको मात्रै सटही सुविधा दिने भएको छ।

सरकारी स्वामित्वका तीन बैंकले गरी उपत्यका भित्रका तीन २५ क्षेत्र बाट नगद सटही सुविधा राखेको जानकारी गराएका छन्।बिहीबारदेखि सात दिनका लागि सटही सुविधा राखेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

सर्वसाधरणले ५, १०, २० ५० र १०० दरका नोट गरी अधिकतम १८ हजार ५०० साट्‍न पाउने छन्। गत वर्षको दशैंमा प्रति व्यक्ति २७ हजार रुपैयाँको सटही सुविधा दिएकोमा यस वर्षमा १८ हजार ५०० मा सीमित गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले नोट सटहीको सूचनासँगै नोटमा कलर गर्ने वा केरमेट गर्नेलाई कानुनी कारवाही हुने राष्ट्र बैंकबाट निकालिएको विज्ञप्तिमा जनाएको छ।

प्रकाशित मिति: : 2019-09-25 18:02:40

प्रतिकृया दिनुहोस्