सुनको मूल्य बढ्यो

फाइल तस्बिर


नेपाली बजारमा मंगलबार सुनको मूल्य एक सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलाको ७१ हजार ३ सय रहेको सुन आज बढेर ७१ हजार ४ सय पुगेको छ।

त्यस्तै तेजाबी सुनको मूल्य ७१ हजार १ सय रुपैयाँ पुगेको छ।


चाँदी पनि तोलामा १० रुपैयाँ बढेको छ। सोमबार तोलाको ८७५ भउको चाँदी आज ८८५ पुगेको छ।

प्रकाशित मिति: : 2019-09-24 12:56:42

प्रतिकृया दिनुहोस्