दशैंका लागि राष्ट्र बैंक बाहेक यी स्थानबाट साट्न सकिन्छ नयाँ नोट

फाइल फोटो

नेपाल राष्ट्र बैंकले ३ वटा सरकारी बैंकका विभिन्न विभिन्न शाखाहरुबाट दशैंको नयाँ नोट साट्ने व्यवस्था गरेको छ।

यसअघि नै असोज १० देखि नयाँ नोट साट्न सकिने व्यवस्था मिलाएको केन्द्रीय बैंकले सरकारी बैंकका शाखाहरुबाट पनि नोट साट्न सकिने व्यवस्था मिलाएको हो।

केन्द्रीय बैंकले सूचना जारी गर्दै दसैं र तिहारका लागि असोज १० गतेदेखि उपत्यकाका २५ बढी शाखाहरुबाट नोट साट्ने व्यवस्था गरिएको जनाएको हो । यसका लागि आन्तरिक तयारी पूरा भइसकेको राष्ट्र बैंकले बताएको छ ।

बैंक तथा वित्तीय संस्थालाई भने असोज पहिलो सातादेखि नै नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ। एक साता छिटो नयाँ नोट लिए पनि सर्वसाधारणका लागि बैंक तथा वित्तीय संस्थाले पनि असोज १० देखि नै नोट बाँड्नेछन्।

राष्ट्र बैंकले यो वर्ष १३ अर्ब रुपैयाँभन्दा केही बढी नयाँ र सुकिला नोट वितरण गर्ने योजना बनाएको छ । गत वर्ष राष्ट्र बैंकले करिब १३ अर्ब रुपैयाँ बराबर नोट बाँडेको थियो। यो वर्ष पनि राष्ट्र बैंकले ५, १०, २०, ५०, १००, ५०० र हजार दरका नोट वितरण गर्न लागेको हो ।

नयाँ नोट बितरण हुने स्थानहरु :

प्रकाशित मिति: : 2019-09-23 08:48:01

प्रतिकृया दिनुहोस्