दक्षिण एशियाली खेलकुदका लागि १ अर्ब निकासा

फाइल तस्बिर

संयुक्त राष्ट्रसंघको ७४ औँ महासभामा भाग लिन जाने नेपाली प्रतिनिधिमण्डलका लागि १ करोड २९ लाख २२ हजार रुपैयाँ निकासा भएको छ । अर्थमन्त्रालयले परराष्ट्र मन्त्रालयलाई प्रतिनिधिमण्डलको भ्रमण तथा स्वागत खर्च शीर्षकमा सो रकम निकासा गरेको हो ।

यस्तै आगामी मंसिर १५ देखि २४ सम्म हुने १३ औ दक्षिण एसिशयाली खेलकुद प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद् परिषदलाई ५५ करोड रुपैयाँ निकासा गरिएको छ ।

प्रतियोगिताको राष्ट्रिय टिमको तयारीको लागि १५ करोड रुपैयाँ, खेल सामान खरिदका लागि ३८ करोड, समारोह व्यवस्थापनका लागि एक करोड र आवास व्यवस्थापनको लागि १ करोड रुपैयाँ रकमान्तर भएको छ ।

प्रकाशित मिति: : 2019-09-22 15:24:18

प्रतिकृया दिनुहोस्