अर्थतन्त्रबारे सञ्चार माध्यमहरुलाई टिप्पणी नगर्न मन्त्री खतिवडाको आग्रह

अर्थमन्त्री डा. युवराज खतिवडा ।

अर्थमन्त्री डा. युवराज खतिवडाले देशको अर्थतन्त्रबारे हल्का टिप्पणी नगर्न सञ्चार माध्यमहरुलाई आग्रह गरेका छन् ।

बिहीबार काठमाण्डौको त्रिपुरेश्वरमा निर्माण गरिएको भन्सार विभागको भवन उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले अर्थतन्त्रको बुझाइ त्यत्ति सजिलो नभएकोतर्फ पनि सञ्चार माध्यमहरुलाई सचेत गराए । आफूले नीति, निर्माणको तहमा २५–३० वर्ष बिताएर पनि अर्थतन्त्रका कोरा सिद्धान्तहरु किन पालना हुँदैनन् ? भन्ने अझै बुझ्न नसकेको उल्लेख गर्दै अर्थतन्त्रबारे नबुझी हल्का टिप्पणी गर्न नमिल्ने उनको तर्क थियो ।

उनले देशको अर्थतन्त्र सुदृढ बनाउन भन्सारलगायतका शुल्कहरुको व्यवस्थालाई कसरी परिचालन गर्ने भन्ने कुरामा पनि परिवर्तन गर्दै लैजानुपर्ने अवस्था रहेको स्पष्ट पारे । उनले मुलुकको आर्थिक गतिविधिलाई बढावा दिन सरकारले सुशासनमा जोड दिएको पनि दोहोर्‍याए ।

प्रकाशित मिति: : 2019-09-19 13:39:45

प्रतिकृया दिनुहोस्