कर्मचारीलाई महंगी भत्ता २ हजार, बृद्धभत्ता १ हजारले बढ्यो

तस्बिरः बिएल

सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०६६–६७ मा सरकारी कर्मचारीको तलब भत्ता बढेको छ। यस्तै, बृद्धबृद्धाहरूलाई दिने रकममा पनि १ हजार रुपैयाँ बढेको छ।

अर्थमन्त्री युवराज खतिवडाले बुधबार पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा सरकारी कर्मचारीको तलब १८ देखि २० प्रतिशतले बढेको छ। सरकारी सेवामा रहेका राजपत्र अनंकित कर्मचारीका लागि २० प्रतिशत तथा राजपत्र अंकित कर्मचारीका लागि १८ प्रतिशतले तलब बढाइएको अर्थमन्त्री खतिवडाले बजेटमार्फत जानकारी दिए।

यस्तै, सरकारले घुमाउरो पाराले बजेटमार्फत महंगी भत्ता २ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ। कर्मचारीको पोशाक भत्ता ८ हजारबाट १० हजार बनाएको छ।

यस्तै, सरकारले निर्वाचनको बेला आश्वासन बाँडेको बृद्धभत्तामा केही रकम थप गरेको छ। सरकारले निर्वाचनको बेला ५ हजार रुपैयाँ पु¥याउने आश्वासन बाँडेको थियो।

तर, अर्थमन्त्री खतिवडाले आगामी वर्षको बजेट भाषण पढेर सुनाउँदा बृद्धभत्ता बापत १ हजार रुपैयाँ मात्र बढेको छ। यसअघि २ हजार दिँदै आएको भत्ता सरकारले ३ हजार पुर्याएको छ।

प्रकाशित मिति: : 2019-05-29 18:37:35

प्रतिकृया दिनुहोस्