बिकास र समृद्धिको बाटोमा अघि बढ्न प्रधानमन्त्रीकाे आह्वान (भिडियोसहित)

बिएल

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान सवैको साझा उपलव्धी भएको भन्दै यसलाई स्वीकार गर्दै बिकास र समृद्धिको बाटोमा अघि बढ्न आह्वान गरेका छन।

बुधबार बालुवाटारमा फ्युचर पोलिसी सिल्भर अवार्ड २०१९ हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संविधानप्रति असन्तुष्टि जनाउने ठाँउ नै नरहेको भन्दै संवैधानिक बाटोबाट राष्ट्र निर्माणमा अघि बढ्न आह्वान गरेका हुन्। उनले अन्तराष्ट्रिय जगतले समेत प्रसंसा गरेको नेपालको संविधानको विपरित गई जनमानसमा साख नगुमानउन पनि असन्तुष्ट पक्षलाई सुझाव दिए। प्रधानमन्त्री ओलीले नेपाललाई बिश्वको तिव्र आर्थिक बृद्धिदर भएको मुलुक बनाएरै छाड्ने प्रतिवद्धता समेत जनाए। छोटो समयमा समानुपातीक सहभागीता, महिला शसक्तीकरण लगाएतका क्षेत्रमा नेपालले गरेको सफलता ऐतिहासिक रहेको उनले बताए। उनले छाटो अवधीमा राज्यको हरेक निकायमा महिलाको ४१ प्रतिशत सहभागीता नेपालमा बाहेक बिश्वमा कतै नभएको धारणा राखे।

कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सीनाले फ्युचर पोलिसी सिल्भर अवार्ड २०१९ प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरे। सर्बियाको राजधानी बेलग्रेडमा सम्पन्न अन्तर–व्यवस्थापिका संघ (आईपीयू)को १४१ औं सम्मेलनले नेपाललाई ‘फ्युचर पोलिसी सिल्भर अवार्ड २०१९’ प्रदान गरेको थियो। दिगो विकास र शान्तिका लागि संविधान तथा कानुनी रुपमा सफलता हासिल गरेको भन्दै उक्त अवार्ड प्रदान गरिएको हो ।

प्रकाशित मिति: : 2019-10-23 18:29:13

प्रतिकृया दिनुहोस्