भारतले प्रक्षेपण गरेको चन्द्रयान-२ चन्द्रमामा अवतरण गर्ने प्रयास असफल भएको छ।
अन्तरिक्षमा इतिहास राख्नु अघि नै चन्द्रयानको सम्पर्क टुटेको हो। इतिहास रच्नु केही समयअगाडि मात्र चन्द्रयान-२ को ल्यान्डर विक्रमको ल्यान्डिङ भन्दा ६९ सेकेन्ड पहिले नै पृथ्वीसँग सम्पर्क टुटेको छ।
चन्द्रमाको दक्षिणी ध्रुवमा ल्यान्डर विक्रम शनिबार बिहान नेपाली समय अनुसार २:१० बजे ल्यान्डिङ हुनुपर्ने थियो ।
तर समय पछि बदलेर २:०८ मिनेट गरिएको थियो ।
यो समय बितेपछि पनि ल्यान्डर विक्रमको स्थिति पत्ता लगाउन नसकिए पछि यानको चन्द्रमामा अवतरण गर्ने प्रयास असफल भएको हो।
ल्यान्डर विक्रमको ल्यान्डिङ प्रक्रिया एकदम ठीक भए पनि चन्द्रमाको दक्षिणी ध्रुबको सतहदेखि २.१ किलोमिटर टाढा रहेको अवस्थामा पृथ्वीसँग सम्पर्क टुटेको इसरोका प्रमुख डा के सिवनले बताए।
उनले आर्बिटरबाट प्राप्त तथ्याङ्कहरु विश्लेषण गरिरहेको जनाएका छन् । यदि उसको ल्यान्डिङ भएको भए बिहान ५:३४ देखि बिहान ६ बजेसम्म तस्वीर लिने थियो।
यसअघि ल्यान्डिङको समय बितेपछि इसरोको मुख्यालयमा वैज्ञानिकहरु तनावमा थिए। तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि मुख्यालयमै रहेर वैज्ञानिकहरूलाई हौसला बढाएका थिए ।
‘जीवनमा उतार–चढाव आउँछन् जुन तपाईहरुले गर्नुभयो त्यो छोटो थिएन । अगाडि पनि हाम्रो कोशिस जारी रहन्छ । देशलाई आफ्ना वैज्ञानिकप्रति गर्व छ,’ मोदीले आशा जगाए।
मोदीले भनेका छन्, ‘म वैज्ञानिकहरुको साथमा छु। हिम्मतका साथ चलौं। जुन तपाईहरुले गर्नुभएको छ यो पनि ठूलो उपलब्धि हो।’
This is Mission Control Centre. #VikramLander descent was as planned and normal performance was observed up to an altitude of 2.1 km. Subsequently, communication from Lander to the ground stations was lost. Data is being analyzed.#ISRO
— ISRO (@isro) September 6, 2019
जुन आर्बिटरबाट ल्यान्डर अलग भएको छ त्यो अझै पनि चन्द्रमाको सतहबाट ११९ देखि १२७ किलोमिटरको उचाइमा घुमिरहेको छ ।
२३७९ किलोग्रामको आर्बिटरसँग ८ पेलोड छ । यसले एक वर्ष काम गर्नेछ। ल्यान्डर र रोवरको स्थिति पत्तो नलागे पनि मिशन भने जारी रहनेछ । ८ पेलोडका अलग अलग काम हुनेछन् ।
अब चन्द्रमाको सतहको नक्सा तयार गर्नुपर्नेछ । यसबाट चन्द्रमाको अस्तित्व र उसको विकास पत्ता लगाउने काशिस हुनेछ।
म्याग्नेसियम, एल्मुनियम, सिलिकन, क्याल्सियम, टाइटेनियम, आइरन र सोडियमको उपस्थितिको पत्ता लगाइने छ ।
सूर्यको किरणमा रहेको सोलर रेडियशनको तीव्रता मापन गरिने छ ।
सन् २००८ मा भारतले पहिलो पटक चन्द्रमामा रेकट प्रक्षेपण गरेको थियो ।
योसँगै भारत चन्द्रमामा रकेट पठाउने चौथो राष्ट्र भएको छ । चन्द्रमामा रकेटको सफ्ट ल्याण्डिङ गराउनु चुनौतीपूर्ण रहेको इस्रोका वैज्ञानिकहरुले बताएका छन् । चन्द्रमामा भन्दा मंगलग्रहमा यस्तो ल्याण्डिङ गराउन सजिलो हुने बताइएको छ ।