एप्पलको आइफोन ११ सिरिज आजदेखि अमेरिकामा सर्वसाधारणका लागि बिक्री खुल्ला हुदैछ । यसको सुरूवात न्युयोर्कको म्यानहट्टनस्थित एप्पल स्टोरबाट राति ८ बजे हुने छ ।
कहिले ननिदाउने र राति तारा पनि नदेखिने न्युयोर्कको म्यानहट्टनस्थित आइफोन स्टोरबाट आइफोन ११ लिन ६ बजेदेखि नै हजारौंको संख्यामा आइफोनप्रेमीहरू लाइन लागेका छन् ।
पहिलो दिन नयाँ भर्सनको आइफोन लिनु अझै पनि अमेरिकामा प्रतिष्ठाको विषय मानिन्छ । सबै उमेर समुहका उपभोक्तामाझ आइफोनको क्रेज अझै पनि उस्तै छ ।
गत सेप्टेम्बर १३ मा क्यालिफोर्नियामा एक विशेष कार्यक्रमको आयोजना गरी आइफोन ११ सिरिजमा तीन प्रकारका फोन सार्वजनिक गरिएको थियो । त्यसपछि बुकिङ सुरू भएको आइफोन ११ ले बम्पर बुकिङ पाएको थियो । गत वर्ष आएको आइफोन १० सिरिजले अहिलेजस्तो बम्पर बुकिङ पाएको थिएन ।
आईफोन-११ सिरजिमा आइफोन-११, आईफोन-११ प्रो र आईफोन-११ प्रो म्याक्स रहेका छन् ।
आइफोन-११ को बजार मूल्य क्रमश: ६ सय ९९ डलर रहेको छ । यो नै यो सिरिजको सबैभन्दा सस्तो आइफोन पनि हो । त्यसैगरी आईफोन-११ प्रो को नौ सय ९९ र आईफोन-११ प्रो म्याक्स एक हजार ९९ डलर रहेको छ।
आइफोनका ११ सिरिजका आइफोनको मुख्य विशेषता लङ लाइफ ब्याट्री बताइएको छ ।
पहिलोपटक फोनको क्षमतालाई झन् छिटो र छरितो बनाउने ए १३ बायोनिक प्रोसेसर प्रयोग गरिएको छ।
फेस अनलकको सुविधा छ।
क्यामेरामा नाइड मोड सुविधा छ । आईफोन-११ प्रोको पछाडि ३ वटा क्यामेरा छन् भने आईफोन ११ मा २ वटा छन् । फ्रन्ट क्यामेरा १२ मेगापिक्सलको छ। यस्तै फोनले ४ के भिडियोहरु समेत खिच्न सक्छ ।
वाईफाई ६ सपोर्ट हुन्छ तर फाइभजी छैन ।