सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नं २ कमिटीका अध्यक्ष प्रभु साहले बाराको गढीमाईलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्वसम्पदा सूचीमा समावेश गर्न आग्रह गरेका छन्।
प्रत्येक पाँच वर्षमा मेला लाग्ने ऐतिहासिक गढीमाई क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्न नेता साहले नेपाल सरकार र युनेस्कोलाई आग्रह गरेका हुन्।
उनले भने, “गढीमाई मन्दिर एउटा धार्मिक महत्व बोकेको ऐतिहासिक धरोहर हो। यसको पौराणिक इतिहास छ। यहाँ विश्वकै ध्यान केन्द्रित गर्ने महामेला लाग्छ। यो सिम्रौनगढ र मधेशको फरक संस्कृतिको प्रतिनिधित्व गर्ने सम्पदा सूचीकृत भए मधेशको गौरव बढ्नेछ।”
अध्यक्ष साहले मधेशको विविधतायुक्त संस्कृति, परम्परा र ऐतिहासिक धरोहरको उचित प्रवद्र्धन गरी मधेशमा पर्यटक ल्याउन सकिने पनि बताए। उनले जानकीको जन्मस्थल जनकपुरस्थित जानकी मन्दिरलाई पनि विश्वसम्पदा सूचीमा समेट्न आग्रह गरे।
नेपालका १० वटा सम्पदा युनेस्कोले सूचीकृत गरे पनि प्रदेश नं २ का कुनै पनि सम्पदा हालसम्म समेटिएको छैन। (रासस)
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया